सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ब्रेकथ्रु बुधबार

0

सिन्धुली  सुनकाेशीमरिण डाइभर्सन अन्तर्गतकाे मुख्य सुरूगंकाे बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालकाे उपस्थितीमा औपचारिक ‘ब्रेक थ्रु’ गरिने भएकाे छ।


सुनकाेशी गाँउपालिका७ काे कानढुंग्रीमा हुने उक्त ब्रेकथ्रुका लागी मात्र केही सेन्टीमिटर भाग खन्न छाेडिएकाे छ ।


१३.३ किलाेमिटर मध्ये ९९.९९ प्रतिशत काम भइसकेकाे र बाँकी ०.१ प्रतिशत ब्रेकथ्रुका लागी छाेडिएकाे छ, आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

 

एकैदिनमा ७२ मिटर सुरूङ खनेकाे यस आयोजनासँग विश्व रेकर्ड पनि रहेकाे छ । ०७९ असाेज २८ गतेबाट सुरूङ खन्न सुरू गरिएता पनि सुरूङ खन्ने क्रममा सुख्खा पहिराे र लेदाेसहितकाे पाखै खस्दा टिबिएम मेसिन सुरूङ भित्र लान नसकेकाले ६ पटकसम्म अवराेध भएकाे थियाे ।


यस आयोजनाकाे कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।


सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो ।


आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मतीमा सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।


भिडियाे अपडेट


Post a Comment

0Comments

Post a Comment (0)